close

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग

टेकपाना टेकपाना

मंसिर २२, २०७८ ९:१

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लाग दरखास्त माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले टेलिकमको भावी नेतृत्वका लागि नियुक्त प्रक्रिया थालेको हो ।

हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आउँदो पुस २२ गते सकिने हुँदा सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि प्रक्रिया अगाडि बढाएको हो ।

सूचनाका आधारमा तोकिएको समयभित्र आएको आवेदनमध्येबाट छनोट समितिले अन्तिम तीन जना छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसैका आधारमा मन्त्रिपरिषद्ले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने बताइको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२