close

१८ वर्षमाथिका लागि मेटाले सार्वजनिक गर्‍यो भीआर स्पेस होराइजन वर्ल्ड

टेकपाना टेकपाना

मंसिर २६, २०७८ ७:१५

१८ वर्षमाथिका लागि मेटाले सार्वजनिक गर्‍यो भीआर स्पेस होराइजन वर्ल्ड

काठमाडौं । एक वर्षको आन्तरिक परीक्षणपछि मेटाले सोसल भर्चुअल रियालिटी स्पेस होराइजन वर्ल्ड सार्वजनिक गरेको छ । भर्चुअल रियालिटीमा काम गर्ने भन्दै फेसबुकले आफ्नो मुख्य कम्पनीको नाम फेरेर मेटा राखेको थियो ।

फेसबुकले आफ्नो नाम परिवर्तन गरेपछि सार्वजनिक भएको यो मुख्य प्रडक्ट हो । फेसबुकले आफ्नो नाम फेरेर मेटा राखेसँगै भर्चुअल रियालिटीको परिस्कृत संस्करण मेटाभर्स निर्माण गर्ने र प्रयोगकर्तालाई डिजिटल संसारमा जोड्ने घोषणा गरेको थियो । 

यो एपले प्रयोगकर्तालाई आफ्नै मिनी गेम र क्रियाकलापहरु बनाउने सुविधा दिन्छ । मेटाले यो एपमा आफ्नो मिनी गेम निर्माण गर्ने क्रममा विजेता घोषणा समेत गर्नेछ ।

यस्ता विजयीहरुलाई पुरस्कृत गर्न कम्पनीले करिब एक करोड अमेरिकी डलरको कोष समेत स्थापना गरेको छ । तर, सबै प्रयोगकर्ता वा कन्टेन्ट क्रियटरलाई पैसा नदिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले मेटाको अकुलस क्वेस्ट टू हेडसेट प्रयोग गरी होराइजन वर्ल्ड प्रयोग गर्न सक्छन् । यो एप १८ वर्ष पुगेकाहरुले मात्रै प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२