काठमाडौं । डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।
गत कार्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहक यस योजनामा सहभागी भएका थिए ।
पुस १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यासआईडी नं. ०२५६४०७८६९६ र क्यासआईडी नं. ०२५५८२५५८२४ छानिएका हुन् ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।
विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।