close

१९ वर्षे युवकलाई ट्वीटर ह्याण्डल बन्द गर्न भन्दै एलन मस्कको ५ हजार डलरको प्रस्ताव

टेकपाना टेकपाना

माघ १४, २०७८ ११:४९

१९ वर्षे युवकलाई ट्वीटर ह्याण्डल बन्द गर्न भन्दै एलन मस्कको ५ हजार डलरको प्रस्ताव

काठमाडौं । आफ्नो विमानलाई ट्रयाक गर्ने ट्वीटर बट बनाएका १९ वर्षे युवक ज्याक स्वीनीलाई टेस्लाका सीईओ एलन मस्कले ह्याण्डल बन्द गर्न आग्रह गरेका छन् । मस्कले आफ्नो ट्वीटर ह्याड्लमार्फत ‘एलनजेट’ नामक ट्वीटर ह्याडललाई डाइरेक्ट म्यासेज(डीएम) गरी उक्त ह्याण्डल बन्द गर्न आग्रह गरेका हुन् ।

स्वीनीले ट्वीटर बुट निर्माण गरि ‘एलन मस्क जेट’ नामक ट्वीटर ह्याण्डल सञ्चालन गरिरहेका छन् । उक्त बटले एलन मस्कको प्राइभेट जेटको ट्रयाक गरी त्यसको विषयमा जानकारी दिने गर्छ । त्यसरी व्यक्तिगत विमानको बारेमा जानकारी दिँदा सुरक्षाको चुनौती हुने भन्दै मस्ले उनलाई उक्त ह्याण्डल हटाउन आग्रह गरेका हुन् ।

त्यसका लागि ५ हजार डलर उपलब्ध गराउने समेत बताएका छन् । तर, स्वीनीले भने एलन मस्कको उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले यसमा आफ्नो ठुलो मेहनत रहेकाले ५ हजार डलर कुनै अर्थ नहुने भन्दै मस्को प्रस्ताव अस्वीकार गरेका छन् ।

यतीमै उनीहरूको बिचको कुराकानी भने सकिएको छैन् । मस्कले ५ हजार डलर प्रस्तार गरेसँगै स्वीनीले उक्त रकम निकै कम भएको र ५० हजार डलर उपलब्ध गराउन प्रस्ताव गरेका छन् । स्वीनीले यदि ५० हजार डलर भएको खण्डमा आफूलाई कलेजको शुल्क बुझाउन देखी निकै सहयोग पुग्ने भन्दै जानकारी दिएका छन् ।

स्वीनीको उक्त प्रस्तावको विषयमा मस्कले आफू बिचार गर्नेमात्रै जवाफ दिएको पाइएको छ । तर, मस्कले उक्त रकम दिए नदिएको विषयमा भने कुनै जानकारी उपलब्ध छैन् । अर्कोतर्फ उक्त ट्वीटर ह्याण्डल अझै पनि सक्रिय छ । १ लाख १३ हजार भन्दा बढी फलोअर रहेको उक्त ह्याड्ल अझै सक्रिय रहनुले यो कुराकानी निष्कर्षमा नपुगेको अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२