close

छोरी बनेर ह्वाट्सएपबाट यसरी भयो ठगी

टेकपाना टेकपाना

माघ २१, २०७८ १३:४२

छोरी बनेर ह्वाट्सएपबाट यसरी भयो ठगी

काठमाडौं । मेटा अन्तर्गतको ह्वाट्सएपबाट हुने ठगीका घटना हामीले धेरै सुन्दै आएका छौं । नेपालमा पनि ह्वाटसएपको माध्यमबाट पैसा ठगी भएका धेरै समाचार आउने गर्छन् ।

ह्वाट्सएपमा साथी बनी वा स्क्याम लिंक पठाएर यस्तो ठगी हुँदै आएको छ । हालै वेल्समा यस्तै एउटा घटना भएको छ । एक महिलालाई ह्वाट्सएपमा आफ्नै छोरी हुँ भन्दै झुक्काएर रकम ठगी भएको छ ।

यसमार्फत सारा क्यापर नामकी ती महिलाले झण्डै २५ सय पाउन्ड स्टर्लिङ अर्थात् चार लाख रुपैयाँ बढी गुमाएकी छन् । दुई छोरीकी आमा क्यापर छुट्टै बस्दै आएकी थिइन् ।

एक दिन उनकी जेठी छोरी बनेर नयाँ नम्बरबाट ह्वाट्सएपमा म्यासेज आयो । म्यासेजको सुरुवात नै ‘हाई मम’ बाट भएको थियो । सँगै ‘ममी मैले नयाँ नम्बर लिएको छु सेभ गर्नू’ भन्ने म्यासेज थियो ।

त्यसरी ‘ममी’ सम्बोधन गरेर आएको म्यासेज हेर्दा उनीले शंका गरिनन् । किनकि उनका दुवै छोरी बाहिर बस्दै आएका थिए ।

यस्तोमा पुरानो फोन बिग्रियो र नयाँ नम्बर लिएको छु भनेर म्यासेज आउँदा उनले कुनै शंका गरिनन् । उनले ‘तिमी कुन छोरी हौ’ भनेर समेत सोधेकी थिइन् ।

त्यसको जवाफमा स्क्यामरले ‘म जेठी छोरी हुँ’ भनेर जानकारी दियो ।

‘मैले छोरी सम्झिएर त्यही म्यासेजमा थप केही बेर कुराकानी गरे,’ उनले वेल्स प्रहरीलाई भनेकी छन्, ‘यतिसम्म कि म त्यो दिन कामको प्रेसर हुँदा हुँदै पनि कुराकानी गरेकी थिएँ ।’

A graphic showing the WhatsApp exchange between a fraudster and Sarah Capper

यो घटना एक महिनाअघिकाे हो ।

कुराकानीकै क्रममा आफ्नो मोबाइल बिग्रिँदा मोबाइल बैंकिङले काम नगरेको र सामान खरिद गरेको बिल भुक्तानी गर्नुपर्ने थियो भन्दै म्यासेज आयो ।

छोरीको यो म्यासेज देखेर उनले ‘के यो तिर्नपर्ने हो ?’ भन्दै प्रश्न गरिन् ।

उक्त प्रश्नको जवाफमा स्क्यामरले ‘एस ममी, के तपाईं उक्त रकम तिर्दिनु हुन्छ ? म भोलि विहानै तपाईंलाई उक्त रकम फिर्ता गर्छु’ भनेर म्यासेजको रिप्लाई आयाे ।

यसरी स्क्यामरले पैसा माग्दा समेत उनलाई कुनै संकोच थिएन । किनभने यसअघि पनि छोरीले आफूसँग पैसा सापटी मागेकी थिइन् ।

यसरी छोरीसँग कारोबार भइरहने हुँदा उनलाई पनि छोरीलाई पुनः अप्ठ्यो पर्‍यो भन्ने भयो । यत्तिकैमा ह्वाट्सएपमा ‘मम मेरो त्यो पुरानो नम्बर डिलिट गर्दिनू, यही नम्बर सभे गर्नू’ भरेर म्यासेज आयो ।

यति भनेसँगै क्यापरले छोरीको नाममा उक्त नम्बर सेभ गर्छिन् ।

त्यो सँगै क्यापरले उक्त नम्बरमा २१ सय पाउन्ड पठाइदिइन् । जसमा उनले आफ्नो साथीबाट सापटी मागेको १८ सय पाउन्ड स्टर्लिङ समेत रहेको थियो । त्यती ले नपुग्ने भएपछि पुनः उनले ४ सय पाउन्ड उनलाई पठाइदिइन् ।

यसरी दुई पटक पैसा पठाउँदासम्म पनि स्क्यामरले उनलाई म्यासेज पठाउन छाडेन । स्क्यामरले अझै पनि आफ्नो बैंक आकउन्ट फ्रिज नै रहेको र थप बिल भुक्तानी गर्नुपर्ने भएको भन्दै म्यासेज पठाउँछ ।

त्यसमा पनि क्यापरले कुनै संकोच मान्दिनन् । उनले उक्त मोबाइल नम्बरमा ४८ सय पाउन्ड स्टिर्लिङ पठाइ दिन्छिन् । यसरी एकै पटक बैकिङ खाताभन्दा बाहिर भइरहेको कारोबारलाई शंका गर्दै बैंकले स्पामरको उक्त खातालाई रोक्का गर्छ ।

बैंकले उक्त खाता रोक्का गरिदिँदा उनले पठाएको अन्तिम रकम भने फिर्ता पाइन् ।

तर, त्यो भन्दा अघि पठाएको २५ सय पाउन्ड स्टर्लिङ भने उनले गुमाउन पुगेकी छन् । वेल्स प्रहरीका अनुसार हालसम्म पनि यो विषयमा अध्ययन भइरहेको छ ।

-बीबीसीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५