close

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् विश्वकै नम्बर वान चिपसेट 

टेकपाना टेकपाना

फागुन १९, २०७८ १९:१०

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् विश्वकै नम्बर वान चिपसेट 

काठमाडौं । कुनै पनि स्मार्टफोनका लागि चिपसेटले निकै अहम् भूमिका राख्ने गर्छ । जुन स्मार्टफोनमा जति राम्रो चिपसेट हुन्छ, उक्त स्मार्टफोनलाई त्यति नै राम्रो मानिन्छ ।

एकताका मोबाइल चिपसेटको विश्वमा क्वालकमकै दबदबा रहेको  थियो । तर अहिले समय फेरिएको छ । यो परिवर्तित समयमा मिडियाटेक कयौँ हिसाबले क्वालकमभन्दा अगाडि देखिएको छ ।

यसरी यो चिपसेट विश्वकै नम्बर वान चिपसेट बन्न सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्च २०२१ को चौथो त्रैमासिक अवधिको रिपोर्ट अनुसार मिडियाटेक ३३ प्रतिशत बजार हिस्साका साथ सबैभन्दा ठूलो चिपसेट कम्पनी बन्न सफल भएको हो ।

त्यसैगरी क्वालकम ३० प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको ठूलो बजार हिस्सा प्रिमियम सेग्मेन्टमा रहेको छ ।

क्वालकमको आफ्नो कूल बजार हिस्सामा ७६ प्रतिशत बजार फाइभजी बेसब्यान्ड मोडेमको शिपमेन्ट रहेको छ । एप्पलका स्मार्टफोन एसओसी बजारमा २१ प्रतिशतका साथ तेस्रो स्थानमा रहेको छ ।

यसमा यसैगरी युनिएसओसीको बजार ११ प्रतिशत रहेको छ । सामसङको आफ्नै चिपसेट केवल चार प्रतिशत बजार हिस्साका साथ पाचौँ नम्बरमा रहेको छ ।

सामसङ चिपसेटको मामिलामा लगातार सङ्घर्ष गर्दै आएको छ । वास्तवमा सामसङकै स्मार्टफोनहरूमा मिडियाटेक र क्वालकम चिपसेट प्रयोग हुँदै आएको छ ।

कसको बजार हिस्सा कति ?

चिपसेटबजार हिस्सा
मिडियाटेक३३ प्रतिशत
क्वालकम३० प्रतिशत
एप्पल चिपसेट २१ प्रतिशत
युनिएसओसी११ प्रतिशत
सामसङ एक्सिनस४ प्रतिशत
स्रोतः काउन्टरप्वाइन्ट रिसर्च २०२१

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२