close

मास्टर्समा आईटी पढ्न चाहनेका लागि लर्ड बुद्धको ‘एमएससी आईटीएम’, कस्तो छ कोर्ष ?

टेकपाना टेकपाना

भदौ ७, २०७९ १६:२९

मास्टर्समा आईटी पढ्न चाहनेका लागि लर्ड बुद्धको ‘एमएससी आईटीएम’, कस्तो छ कोर्ष ?

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले स्नातकोत्तर तहको सूचना प्रविधि कार्यक्रमका लागि भर्ना खुलाएकाे छ ।

कलेजले मलेसियास्थित एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नाेलाेजी एन्ड इनाेभेसनबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेकाे ‘एमएससी आईटीएम’ (मास्टर्स अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट) कार्यक्रमका लागि भर्ना खुलाएकाे हाे ।

नेपालमा स्नातकोत्तर तहका लागि विदेशी विश्वविद्यालयका आईटी कार्यक्रम निकै थोरै छन् । यस्तोमा लर्डबुद्धले ल्याएको एमएससी आईटीएम कस्तो कोर्ष हो, कस्ता विद्यार्थीले पढ्न पाउँछन्, पढिसकेपछि कहाँ-कहाँ अवसर छ भन्ने विषयमा जानकारी प्रस्तुत गरेका छौं ।

कस्तो कोर्ष हो ?
एमएससी आईटीएम प्रविधि र व्यवस्थापनलाई संयोजन गरी तयार पारिएको आईटी कोर्ष हो । प्रविधिको ज्ञानसँगै यसलाई कहाँ, कसरी प्रयोग गर्ने भन्ने विषयमा यो कोर्ष केन्द्रित छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनका संस्थापक एवं अध्यक्ष पंकज जलानका अनुसार यो कोर्षको मुख्य उद्देश्य नै विद्यार्थीलाई ‘टेक्नोक्र्याट’ बनाउनु हो । अर्थात् यो कोर्षले विद्यार्थीलाई पछिल्ला विभिन्न प्रविधिको विस्तृत ज्ञान दिँदै यसकाे एकीकृत प्रयोग र व्यवस्थापनकाे ज्ञान प्रदान गर्छ ।

‘अन्य कोर्षमा मास्टर्स लेभलमा टेक्नोलोजीको अपग्रेडेड कोर्ष मात्र सिकाइन्छ । एमएससी आईटीएमंमा अपग्रेडेड टेक्नोलोजीलाई एक-अर्कामा इन्टिग्रेट गरी कसरी राम्रो नतिजा दिन सकिन्छ भन्ने कुरा सिकाइन्छ,’ उनले भने ।

यो कोर्ष पढेपछि आईटी म्यानेजर, प्रोजेक्ट म्यानेजर लगायतका आईटीका सिनियर लेभलमा रहेर काम गर्न सकिने उनकाे भनाइ छ ।

दुई वर्षे (चार सेमेस्टर) यो कोर्षमा कुल ६३ क्रेडिट आवरको पढाइ हुन्छ । यसमा कुल १५ कोर्षवर्क मोड्युल, रिचर्ज मेथोडोलोजी मोड्युल र डिजर्टेसन (ट्रेनिङ) समावेश छ ।

  • Technology Management
  • Integrated Systems Management
  • Strategic Planning and Systems Development
  • Internet Applications
  • Object-Oriented Software Systems Engineering
  • Information Security Architectures
  • Knowledge Management
  • Enterprise Applications
  • Software Quality Engineering
  • Data Management
  • Information Technology Project Management
  • Research Methodology in Computing and Engineering
  • Network Design & Performance
  • Technology, Culture, and People: A Global Perspective
  • Software Engineering Support Environments
  • Entrepreneurship
  • Dissertation

दुई शिफ्टमा पढाइ
कलेजले यो कोर्ष दुई शिफ्टमा अध्यापन गराउने गरेको छ । यसअन्तर्गत कलेजमा नियमित गई अध्ययन गर्न चाहने विद्यार्थीलाई आइतबारदेखि शुक्रबार विहान साढे ६ देखि साढे ९ बजेसम्म पढाइन्छ ।

त्यस्तै शुक्रबार र शनिबार अर्थात् विकेन्डमा पढ्न चाहने विद्यार्थीले पनि यो कोर्ष पढ्न सक्छन् । यसअन्तर्गत शुक्रबार ४ घण्टा र शनिबार ८ घण्टा कलेज गएर पढ्नुपर्छ ।

साथै क्रेडिट आवर पूरा गर्न विद्यार्थीलाई अतिरिक्त असाइनमेन्ट पनि दिइने जलानले बताए ।

‘विकेन्ड क्लास चाहिँ विशेषगरी जागिर वा काम गरिरहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हाे,’ उनले भने, ‘उनीहरुलाई कामसँगै पछिल्लो प्रविधिसँग परिचित गराउने, रिसर्चका काम गर्न याेग्य बनाउने र प्राविधिक व्यवस्थापनकाे पाटाे सिकाउन याे काेर्ष उपयाेगी हुन्छ ।’

कति लाग्छ शुल्क ?
हाल लर्डबुद्ध एजुकेसन फाउन्डेशनमा यो कोर्ष पढ्न साढे पाँचदेखि ६ लाखसम्म शुल्क लाग्छ ।

मर्निङ शिफ्ट (आइतबारदेखि शुक्रबार) पढ्ने विद्यार्थीले पाँच लाख ९५ हजार तिर्नुपर्छ भने विकेन्ड शिफ्ट (शुक्रबार र शनिबार) पढन् विद्यार्थीले पाँच लाख ५५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

कलेजले विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

पढिसकेपछि कहाँ छ अवसर ?
प्रविधि व्यवस्थापनसँग सम्बन्धित कोर्ष भएकाले विद्यार्थीहरु आफ्नो इच्छा अनुसार विभिन्न काम गर्नसक्ने जलानकाे भनाइ छ ।

‘हामीले कम्प्युटर सिस्टमका विविधि पक्षको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन्छौं । यसपछि कम्पनी वा बिजनेशमा प्रविधिको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकिन्छ । यसकारण आईटीको सिनियर लेभलमा रहेर गरिने हरेक काम यसअन्तर्गत पर्छन्,’ उनले भने ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन्
स्नातकमा आईटी विषय पढेका विद्यार्थी स्नातकाेत्तर तहमा यो कोर्ष पढ्न योग्य हुन्छन् । यसका साथमा आईटी क्षेत्रमा व्यवहारिक ज्ञान भएका वा व्यावसायिक तालिम लिएका व्यक्तिले पनि यो कोर्ष पढ्न सक्छन् ।

यस कोर्षबारे थप बुझ्न यहाँ र भर्नाका लागि अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४