close

सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असोज ५, २०७९ १३:२३

सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ ।  

९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । त्यसैगरी सेल्फीको लागि भने ५ मेगापिक्सेलको क्यामेरा छ । 

५००० एमएएच ब्याट्री भएको यो फोनमा एक चोटिको फूल चार्जमा २ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१,९९९ रुपैयाँ छ भने ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ रुपैयाँ तोकिएको छ । 


 

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १३:४३