close

अब युट्युब शर्ट्सबाट पनि आम्दानी गर्न सकिने

टेकपाना टेकपाना

असोज ५, २०७९ १२:२७

अब युट्युब शर्ट्सबाट पनि आम्दानी गर्न सकिने

काठमाडौं । अब युट्युबको शर्ट्सबाट पनि आम्दानी गर्न सकिने भएको छ । कम्पनीले आफ्नो आम्दानी युट्युबको छोटो भिडिओ प्लेटफर्म शर्ट्समा भिडिओ बनाउने प्रयोगकर्ताहरूसँग बाँड्ने घोषणा गरेको हो । यसको लागि परिक्षण भइरहेको र सम्भवत सन् २०२३ को सुरुवात देखि नै लागू हुने कम्पनीको भनाई छ । 
कम्पनीका अनुसार एक हजार सब्सक्राइबर भएको र ९० दिनको बिचमा १ करोड भिउज पूरा भएको क्रियटरहरूले युट्युबको यो 'पार्टनर प्रोग्राम' को लागि आवेदन दिन सक्नेछन् । कम्पनीले विगत केही महिनादेखि शर्ट्समा पनि विज्ञापनको परिक्षण गरिरहेको छ । यहि विज्ञापनबाट उठेको रकम शर्टस क्रियटरसँग बाँड्ने निर्णय कम्पनीले लिएको हो । 
यसरी विज्ञापनबाट आएको कुल रकमको ४५ प्रतिशत क्रियटरलाई दिइने कम्पनीले जनाएको छ । 
योसँगै कम्पनीले प्रयोगकर्ताले आम्दानी गर्न सक्ने गरी अन्य योजनाहरूको पनि परिक्षण गर्दै आइरहेको छ । कम्पनीले थोरै सब्सक्राइबर भएका प्रयोगकर्ताको लागि भने फ्यान फन्डिङ, सुपर थ्याङ्कस, सुपर च्याट, स्टिकर लगायतमार्फत अन्य प्रयोगकर्ताले क्रियटरलाई सोझै पैसा दिन सक्ने व्यवस्थाको पनि तयारी गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ १२:३८