close

एकै प्रणालीबाट स्मार्ट होम उपकरण सञ्चालन गर्न सामसङ र गुगलको सहकार्य

टेकपाना टेकपाना

असोज ३०, २०७९ ९:१०

एकै प्रणालीबाट स्मार्ट होम उपकरण सञ्चालन गर्न सामसङ र गुगलको सहकार्य

काठमाडाैं । सामसङ र गुगलले स्मार्टहाेममा प्रयाेग हुने उपकरण जडान कार्यमा सहकार्य गर्ने भएका छन् । याेसँगै अब सामसङका ग्यालेक्सी फाेन र ट्याब्लेट प्रयाेगकर्ताले गुगलकाे हाेम इकाेसिस्टम पनि प्रयाेग गर्नसक्ने छन् ।

इन्टरनेट अफ थिङ्स (आईओटी) मा काम गर्ने कम्पनी ‘म्याटर’काे डेभलपरहरुकाे वार्षिक सम्मेलनमा सामसङले यसबारे जानकारी दिएकाे हाे ।

हालसम्म स्मार्टहाेमका लागि यी दुई कम्पनीहरुकाे छुट्टाछुट्टै प्लेटफर्म प्रयाेग गर्नुपर्ने बाध्यता छ । यसले गर्दा प्रयाेगकर्ताले यी भिन्न कम्पनीका डिभाइसहरु सञ्चालन गर्न बेग्लाबेग्लै प्रणाली प्रयाेग गरिरहेका छन् ।

याे कुराकाे समाधान गर्न सामसङ र गुगलले म्याटरकाे मल्टि-एड्मिन प्रणालीका लागि सहकार्य गर्ने भएका हुन् ।

अब यसपछि स्मार्टहाेम प्रयाेगकर्ताले सामसङकाे स्मार्टथिङस् वा  गुगलकाे हाेम एपबाट स्मार्ट डिभाइसलाई सजिलै नियन्त्रण र सञ्चालन गर्नसक्ने छन् । अबकाे केही हप्ताभित्रमा प्रयाेगकर्ताले याे सुविधा प्रयाेग गर्नसक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १०:५