close

विद्यार्थीका लागि उपयाेगी ८ अनलाइन डिक्सनरी

टेकपाना टेकपाना

असोज ३०, २०७९ १०:२१

विद्यार्थीका लागि उपयाेगी ८ अनलाइन डिक्सनरी

काठमाडाैं । आजकाे समयमा भाषा सिकाइ निकै सजिलाे भएकाे छ । इन्टरनेटकाे सहज उपलब्धताका कारण धेरै माध्यमबाट हामी नयाँ भाषा सिक्न सक्छाैँ । भाषा सिकाउनका लागि विभिन्न अनलाइन ट्युटाेरियलदेखि लिएर माेबाइल एपहरु उपलब्ध छन् ।

यस सन्दर्भमा शब्दकोष अर्थात् डिक्सनरीकाे निकै महत्त्व रहेकाे छ । यसले भाषामात्र नभएर साक्षर व्यक्तिहरुलाई नयाँ शब्दार्थ सिकाउने र शब्द ज्ञान प्रदान गर्दछ । यसकारण हामीलाई भाषाकाे प्रखर वक्ता वा सिकारु भएपनि सधैं शब्दभण्डार चाहिन्छ । अझ विद्यार्थीहरुले त शब्दकाेषकाे अध्ययनबाट शब्दकाे अर्थ, व्याकरण, समानार्थी, भिन्नार्थ लगायत धेरै कुरा थाह पाउन सक्छन् ।

आज हामी अनलाइनमा उपलब्ध ८ अनलाइन डिक्सनरीबारे जानकारी दिँदैछाैं । 

गुगल डिक्सनरी

विद्यार्थीलाई अनलाइनमा भएका कुनै पनि शब्दकाे परिभाषा खाेज्ने सजिलाे तरिका हाे, गुगल डिक्सनरी । याे प्रयाेग गर्नका लागि सबैभन्दा सुरुमा कुनै पनि ब्राउजरमा गएर गुगल सर्च खाेल्नुहाेस् ।

अब तपाईंले जान्‍न खाेजिरहनु भएकाे शब्दकाे अगाडि ‘define’ लेखेर सर्च बटनमा क्लिक गर्नुहाेस् । अब तपाईंले शब्दकाे परिभाषा, प्रयाेगकाे उदाहरण, समानार्थी तथा भिन्नार्थ शब्दहरु, शब्दकाे उत्पत्ति, अनुवाद, समयसँगै शब्दको प्रयोग देखाउने ग्राफ लगायत अन्य धेरै कुरा देखापर्ने छन् ।

मरियम वेबस्टर

यस वेबसाइटमा तपाईंले कुनै पन शब्द खाेज्दा उच्चारण सहितकाे अर्थ, समानार्थी तथा भिन्नार्थ शब्दहरु, शब्दलाई वाक्यमा प्रयाेग गरिएकाे उदाहरण, उक्त शब्दलाई प्रयाेग गरिएकाे लेख, शब्दको इतिहास र व्युत्पत्ति जस्ता कुरा देखापर्ने छन् ।

यसबाहेक वेबसाइटमा व्याकरण, शब्दकाे प्रयाेग गर्दा हुने अन्योलता, प्रख्यात भइरहेका शब्द पनि देखा पर्नेछन् । शब्दमा रुचि राख्नेहरुका लागि वेबसाइटमा शब्दावली परीक्षण, क्रसवर्ड गेम, हिज्जेकाे क्विज आदि पनि विशेषता रहेका छन् ।

पावर थिसौरस

यस वेबसाइटमा शब्दकाे समानार्थी तथा भिन्नार्थहरुकाे विशाल भण्डार  रहेका छ । यसबाहेक यहाँ कुनै पनि शब्द खाेज्दा अर्थ र उक्त शब्दकाे उच्चारण, उक्त शब्दसँग सम्बन्धित उखान लगायत आदि कुरा देखापर्छन् ।

यसबाहेक अरुले हालै खाेजिरहेका शब्दहरु पनि देख्नुहुनेछ । साथै धेरै व्यक्तिले खाेजेर प्रख्यात भएका शब्दहरुकाे सूची पनि देख्नुहुने छ ।

म्याकमिलन शब्दकोश

याे वेबसाइटले कुनै पनि शब्दकाे खाेज्दा अर्थ, उच्चारण, समानार्थी तथा भिन्नार्थ , भिडिओ,  चित्र, आवाजमा विभिन्न इफेक्ट उपलब्ध गराउँछ ।

वेबसाइटमा प्रयाेगकर्ताहरु आफैंले शब्द थप्‍ने, शब्दकाे प्रयाेग थप्‍ने आदि सुविधा छन् ।

साथै विभिन्न भाषा सम्बन्धी इन्फाेग्राफिक्स, मेटाफाेर, जाेक्स लगायत विभिन्न शैक्षिक सामग्रीहरु पनि उपलब्ध छ ।

कोलिन्स डिक्सनरी

यस वेबसाइटमा शब्दकाे अर्थ, प्रयाेगबाहेक अरु थप सुविधाहरु जस्तै; व्याकरण सिक्नका लागि सामग्री, अंग्रेजी शब्दकोष, अंग्रेजी-फ्रेन्च  शब्दकोष, अंग्रेजी-जर्मन  शब्दकोष, अंग्रेजी-हिन्दी  शब्दकोष लगायत विभिन्न भाषाका शब्दकाेषहरु पनि उपलब्ध रहेका छन् ।

साथै शब्दसँग सम्बन्धित गेम, सिकाइ सामग्रीहरु उपलब्ध रहेका छन् ।

लुडविग

याे वाक्यहरु खाेज्‍नका लागि उपयुक्त शब्दकाेष हाे । यहाँ कुनै पनि शब्द खाेज्दा विभिन्न अखबार, जर्नल, औपचारिक कागजात, वैज्ञानिक लेख,  ब्लग आदिमा प्रयाेग भएका उपयुक्त वाक्यहरु देखापर्ने गर्दछ ।

साथै तपाईंले जुनै भाषामा लेखेपनि स्वत: यस वेबसाइटले अंग्रेजीमा अनुवाद गरेर उपयुक्त वाक्य देखाउने गर्दछ । 

वर्ड रिफ्रेन्स

याे बहुभाषिक र अनुवादकाे सुविधा भएकाे वेबसाइट हाे । यस वेबसाइटले विभिन्न भाषाका शब्दकाेषहरु पनि उपलब्ध गराउने गरेकाे छ ।

यस वेबसाइटमा कुनै पनि शब्दबारे छलफल र बहस पनि गर्न सकिन्छ । जहाँ तपाईंले आफ्नाे जिज्ञासा अथवा प्रश्नकाे उत्तर सम्बन्धित भाषाका विज्ञबाट प्राप्त गर्नुहुनेछ ।

भिजु वर्डस्

शब्दकाे अर्थ खाेज्दा केही भिजुअल पनि चाहनुहुन्छ भने याे वेबसाइट उपयुक्त हुन्छ । यस वेबसाइटले कुनै पनि शब्द खाेज्दा नाम जस्तै; भिजुअलमा अर्थ, परिभाषा, प्रयाेग, समानार्थी तथा भिन्नार्थ, उक्त शब्दसँग सम्बन्धित तथ्य आदि देखाउने गर्दछ ।

यस शब्दकाेषले आफैंलाई आधुनिक समयकाे आधुनिक शब्दकाेष भनेर चिनाएकाे छ । विद्यार्थीहरुलाई कुनै शब्द खाेज्दारमाइलाे हाेस् भनेर यस वेबसाइटले भिजुअलकाे प्रयाेग गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १०:४३