close

अनर मोबाइल किन्दा स्मार्ट ब्याण्ड र एयरबड निःशुल्क

टेकपाना टेकपाना

असोज ३१, २०७९ १८:४०

अनर मोबाइल किन्दा स्मार्ट ब्याण्ड र एयरबड निःशुल्क

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै नेपाली उपभाेक्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले स्मार्टफोन किन्दा विभिन्न पुरस्कार प्रदान गर्ने भएकाे छ ।

कम्पनीका अनुसार अनर एक्स सेभेन खरिद गर्ने ग्राहकले एयरबड एक्स थ्री निःशुल्क लाइट प्राप्त गर्नेछन् ।

त्यस्तै अनर एक्स नाइन स्मार्टफोनको खरिदमा अनर ब्याण्ड सिक्स निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

यो अफर आज सोमबारबाट सुरु भएर अक्टोबर ३० सम्म चल्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १८:४०