close

क्विक नेभिगेसनका लागि होम स्क्रिनमा यसरी राख्नुहोस् गुगल म्यापको रुट

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १३:३६

क्विक नेभिगेसनका लागि होम स्क्रिनमा यसरी राख्नुहोस् गुगल म्यापको रुट

काठमाडौं । अधिकांश मानिसहरु नेभिगेसनका लागि गुगल म्याप प्रयोग गर्दछन् । पछिल्लो समय गुगल म्यापमा धेरै नयाँ फिचरहरु थप भएका छन् ।

गुगल असिस्टेन्ट र अडियो अलर्ट यसमा राखिएका छन् । उदाहरणका लागि गुगल म्यापबाट नेभिगेसन गर्न तपाईंले एन्ड्रोइड डिभाइस प्रयोग गर्नुभयो भने होम स्क्रिनमा आफूलाई मनपर्ने रुट पिन गर्नसक्नुहुन्छ ।

यति गरेपछि लगत्तै एक ट्यापमै तपाईंले जान चाहेको ठाउँको दिशा निर्देशन पाउन सक्नुहुन्छ । 

होम स्क्रिनमा मन पर्ने रुट किन पिन गर्ने ?

एन्ड्रोइडको होम स्क्रिनमा एउटा निश्चित रुट पिन गरिसकेपछि तपाईंले गुगल म्याप लन्च गर्नु पर्दैन । सामान्य रुपमा ठेगाना लेख्नुहोस् र नेभिगेसन सुरु गर्नुहोस् ।

यति गरिसकेपछि सबै कुरा छिटो हुन्छ । यसका लागि तपाईंलाई केवल एउटा ट्यापको खाँचो पर्दछ । पिन गरेको आइकनमा क्लिक गरिसकेपछि होम स्क्रिनमा गुगल म्याप लन्च हुन्छ । 

उदाहरणका लागि यदि तपाईंले घरबाट कार्यालय जान गुगल म्याप प्रयोग गर्नुभयो भने तपाईंले उक्त रुटलाई होम स्क्रिनमा पिन गर्न सक्नुहुन्छ । नेभिगेसन सुरु गर्नु पर्‍यो भने चाँडै नै त्यहाँ ट्याप गर्न सक्नुहुन्छ । 

एन्ड्रोइड होम स्क्रिनमा रुटलाई कसरी थप गर्ने 

यो फिचर प्रयोग गर्न निकै सजिलो छ । तर पनि तपाईंले सोचे जस्तो सिधा र सजिलो भने छैन । नेभिगेसन सेटअप गर्दैगर्दा गुगलले यसलाई रुट अप्सन मेनुभित्र राखेको छ । 

यसलाई प्रयोग गर्न सबैभन्दा पहिले गुगल म्यापको नयाँ भर्सन प्रयोग गरिरहेको सुनिश्चित गर्नुहोस् ।अब एपलाई लन्च गरी गो बटनमा ट्याप गरेर नेभिगेसन सेटअप गर्नुहोस् ।

यति गरिसकेपछि गन्तव्य चयन गर्नुहोस् । स्क्रिनको माथि रहेको बारबाट कार चयन गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंले रुटको सारांश देख्नुहुनेछ । अब माथि दायाँतिर रहेको थ्री डट (तीन वटा थोप्ला भएको) आइकन क्लिक गर्नुहोस् ।

अब होम स्क्रिन इन्ट्रिमा एड रुट ट्याप गर्नुहोस् । तपाईंको होम स्क्रिनमा जोडिने आइकनको प्रिभ्यू तपाईंले देख्नु हुनेछ । त्यससँगै तपाईंले डायलगको तलतिर एड अटोमेटिकल्ली बटन पनि देख्नुहुनेछ । 

उक्त आइकनलाई होम स्क्रिनमा कता राख्ने भनेर म्यानुअल रुपमा चयन गर्न सक्नुहुन्छ । यसका लागि उक्त आइकनलाई धेरै बेरसम्म दबाएर राख्नुहोस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०