close

लगातार ५ घण्टासम्म अनलाइन गेम खेल्छन् अहिलेका युवा !

टेकपाना टेकपाना

चैत ४, २०७७ १४:४२

लगातार ५ घण्टासम्म अनलाइन गेम खेल्छन् अहिलेका युवा !

काठमाडौं । पछिल्लो समय भिडियो गेमले नयाँ उचाई ग्रहण गरेको छ । अझ एसिया प्रसान्त क्षेत्रका गेमर्सहरुले लगातार रुपमा चार घण्टा ४९ मिनेटसम्म गेम खेल्ने गरेको पाइएको छ ।

जसमा एसिया प्रसान्त क्षेत्रमा सबैभन्दा लामो समयसम्म गेम खेल्नेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुले लगातार रुपमा करिब पाँच घण्टासम्म गेम खेल्नेगरेको बताएका छन् ।

विश्वमा प्रयोगकर्ताले हरेक हप्तामा ९ घण्टाभन्दा बढी समय अनलाइन गेममा विताउने गरेका छन् । लाइमलाइट नेटवर्कले तयार पारेको ‘अनलाइन गेमिङको अवस्था २०२१‘ प्रतिवेदनले महामारीमा घरमै बसेर साथीहरुको सम्पर्कमा रहने र मनोरञ्जन लिने कार्यमा अनलाइन गेमिङले झन् लोकप्रियता पाएको उल्लेख छ ।

नयाँ तथ्याङ्कले गएको वर्षमा गेमर्सको सामाजिक सम्पर्कप्रतिको अभिरुची समेत बढेको देखाएको छ । एसिया प्रसान्त क्षेत्रका १० मध्ये ७ जनाभन्दा बढी (७२ प्रतिशत) गेमर्सले आफूले अनलाइन गेममार्फत नयाँ साथी बनाएको बताएका छन् ।

साथै ३ मध्ये एक जना (३६ प्रतिशत) गेमर्सले अन्य खेलाडीसँग अन्तरक्रिया गर्नु एकदमै जरुरी हुने बताएका छन् । अन्तरक्रियात्मक र सामाजिक घुलनको सुविधाले धेरैजसोलाई (७९ प्रतिशत) भिडियो गेमप्रति आकर्षित गरेको पाइएको छ ।

जसले गत वर्ष मात्र भिडियो गेम खेल्न सुरु गरेका थिए । त्यस्तै दुई तिहाई (७४ प्रतिशत) गेमरहरुले नयाँ कन्सोल खरिद गर्न चाहेको पाइएको छ । यसको पछाडिको कारण अपडेट भएको प्रविधि र छिटो गेम खेल्ने चाहना हो ।

यस्तो चाहना व्यक्त गर्नेमा सबैभन्दा धेरै (९२ प्रतिशत) चीनका गेमर रहेका छन् । एसिया प्रसान्त क्षेत्रका १० मध्ये ५ गेमर्स (५१ प्रतिशत) फास्ट फर्फर्मेन्स एकदमै महत्वपूर्ण रहेको ठान्छन् ।

जसलाई गेम खेल्ने एउटा मूख्य कारण भएको उनीहरु बताउँछन् । तर यस क्षेत्रका ८४ प्रतिशत गेमरहरुले गेम डाउनलोड गर्ने प्रक्रिया भने निकै दिक्क लाग्दो रहेको बताएका छन् ।

भिडियो गेम हेरैरै खेलाडी बन्ने धेरै

एसिया प्रसान्त क्षेत्रका ७२ प्रतिशत गेमरहरुले अघिल्लो वर्ष आफूले अरुले खेलेको भिडियो गेम हेर्न सुरु गरेको बताएका छन् । औषत गेमरहरुले प्रत्यके हप्ता ३ घण्टा ३६ मिनेट अरुले खेलेको भिडियो गेम अनलाइनमा हेर्ने गरेका छन् ।

पाँच जनामा तीन जना (६७ प्रतिशत) गेमरहरुले फिल्म तथा टेलिभिजन हेर्नुभन्दा भिडियो गेम खेल्नु आफ्नो रोजाईको विषय भएको बताएका छन् । यो अनुसन्धानमा विभिन्न देशका चार हजार गेमरहरुलाई समेटिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१