close

तपाईँको फोनमा मालवेयर छ कि ? यसरी पत्ता लगाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक २५, २०८१ १६:३८

तपाईँको फोनमा मालवेयर छ कि ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं ।  हाम्रो फोनमा अनेकन् डेटा हुन्छन् । फोटो, भिडिओ, मेसेज, बैङ्किङ विवरण आदि । तर यदि तपाईं होसियार हुनु भएन भने कम्प्युटर जस्तै फोन पनि खतरामा पर्न सक्छ । तपाईंले थाहा नपाउने गरी ब्याकग्राउन्डमा खतरापूर्ण प्रोग्राम चल्ने, व्यक्तिगत डेटा चोरी हुने जस्ता गतिविधि भइरहेका हुन सक्छन् । यसले तपाईंको फोन त बिग्रन्छ नै सँगै आर्थिक रुपमा समेत तपाईं फँस्न सक्नुहुन्छ । यस गतिविधिलाई मालवेयर भनेर भनिन्छ । 

मालवेयर (Malware: Malicious Software) ह्याकरद्वारा निर्माण भएको यस्तो प्रोग्राम हो, जसलाई ह्याकर/ साइबर अपराधीले ईमेल/इन्टरनेट तथा पेन ड्राइभ वा सङ्क्रमित (Infected) कम्प्युटरको माध्यमबाट अन्य कम्प्युटर तथा कम्प्युटर प्रणालीलाई बिगार्न तथा नष्ट गर्न प्रयोग गर्ने गर्छन् ।

मालवेयर विभिन्न प्रकारका हुन्छन् जस्तैः Spyware, Ransomware/Crypto-malware, Adware, Virus, Trojan, Worms, Bot & Botnets, Rootkits, Keyloggers, Spam/Phishing आदि ।

तर मालवेयरका कारण यस्तो हुन अगावै तपाईंले लक्षणबाट सम्भावित जोखिम थाहा पाउन सक्नुहुन्छ । सुरुमा नै जोखिम थाहा पाए ठूलो दुर्घटना टर्न सक्छ । आज हामी यसैबारे चर्चा गर्ने छौं:

अनावश्यक विज्ञापन र एप देखिनु    

मानौं, तपाईंले इन्टरनेटमा फोटो/भिडिओ खोजिरहनु भएको छ, तर अनावश्यक विज्ञापन आउने गरेको छ भने तपाईंले डर मान्नुपर्ने हुन्छ । 

ती विज्ञापन झर्को लाग्दो हुनुका साथै तिनमा मालवेयर हुन सक्ने सम्भावना पनि हुन्छ । यसकारण तपाईंले त्यस्ता विज्ञापनमा झट्ट क्लिक गरिहाल्नु हुन्न । त्यस्तै अनलक गरेपछि तपाईंले फोनमा आफूले इन्स्टल नगरेको एप देख्नु भयो भने मालवेयर भएको यो प्रमुख सङ्केत हो । 

चाँडै फोन तातिनु र ब्याट्री सकिनु 

केही समयसम्म चलाउँदा फोन तातिनु सामान्य हो । तर बिनाकारण फोन तातिन्छ भने त्यो पनि मालवेयर भएको सङ्केत हो । फोन तात्नुमा कुनै पनि एप ब्याकग्राउन्डमा चलिरहेको हुन सक्छ । त्यसमा कुनै गैरकानुनी काम भइरहेका हुन सक्छन् । जस्तो: क्रिप्टो माइनिङ, सेन्डिङ स्पाम आदि ।

चलाउँदा चलाउँदै फोन अड्किनु 

सामान्य अवस्था भएका स्मार्टफोनहरू चलाउँदा कहिल्यै पनि अड्किँदैनन् । ती राम्ररी चल्ने गर्छन् । तर एउटा एपबाट अर्कोमा जाँदा, कुनै एप खोल्दा फोन अड्की अड्की चलिरहेको छ भने त्यो पनि मालवेयरको सङ्केत हो । 

फोन कल स्वतः काटिनु    

राम्रो नेटवर्क हुँदा पनि तपाईंको फोन बारम्बार काटिरहन्छ भने त्यसको कारण मालवेयर हुन सक्छ । तपाईंको नेटवर्कको सेटिङलाई मालवेयरले बिगारेर त्यस्तो बनाएको हुन सक्छ । यसकारण नेटवर्कमा समस्या नहुँदा पनि फोन कल बारम्बार काटिरहन्छ भने सतर्क हुन जरुरी छ । 

डेटको खपत ह्वात्तै बढ्नु 

यदि तपाईंको फोनमा डेटाको खपत ह्वात्तै बढेको छ भने मालवेयरको कारण हुन सक्छ । तर फोरके भिडिओ स्ट्रिमिङ गर्दा, गेम डाउनलोड गर्दा, ठूलो आकारको फाइल डाउनलोड गर्दा सामान्य अवस्थामा भन्दा बढी नै डेटा खपत हुन्छ । तर अन्य अवस्थामा पनि डेटा खपत हुने क्रम उस्तै छ भने त्यो खतराको सङ्केत हो । 

मालवेयरबाट कसरी सुरक्षित रहने ?

  • Freeware, Pirated software/game, Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरूको प्रयोग नगरौं । त्यस्ता असुरक्षित वेबसाइटहरू भिजिट गर्दा Pop-Up Window/Banner मा प्रचारको लागि आउने लिंकमा क्लिक नगरौं र त्यस्ता वेबसाइटहरूबाट Freeware/shareware तथा Pirated Software, Music Video/games डाउनलोड नगरौं ।
  • सामाजिक सञ्जाल जस्तै; फेसबुक, ट्वीटर, लिङ्क्डइन तथा ह्वाट्सएप/भाइबरमा प्राप्त हुने शंकास्पद अट्याचमेन्ट तथा लिंक क्लिक नगरौं ।

  • कम्प्युटर तथा कम्प्युटर प्रणालीमा ईमेल इन्टरनेटको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक वा ओपन गरी उक्त लिंक तथा अट्याचमेन्ट शंकास्पद लागेमा नखोलौं ।

  • असुरक्षित वेभसाइटहरूको Cookies Request लाई स्वीकार (Accept) नगरौं, त्यसलाई Ignore गरौं ।

  • कुनै कारणवश कम्प्युटर तथा कम्प्युटर प्रणाली ह्याक भई ह्याकरले डेटा (Data) इन्क्रिप्सन गरी उक्त डेटा डिक्रिप्सनका लागि ह्याकरले पैसा भुक्तानी माग गरेमा त्यस्ता ह्याकरलाई भुक्तानी नगरौं । ह्याकरलाई भुक्तानी गर्दैमा उक्त डेटा डिक्रिप्सन हुने सम्भावना हुँदैन ।

  • बेवारिसे रुपमा भेटिएका पेन ड्राइभलाई कम्प्युटर तथा कम्प्युटर प्रणालीमा प्रयोग नगरौं ।

  • असुरक्षित वेबसाइटहरू पहिचान गर्ने Netcraft जस्ता Security Browser Add on Tools को प्रयोग गरौ ।

  • कम्प्युटर तथा कम्प्युटर प्रणालीको भण्डारण हुने महत्वपूर्ण डेटालाई नियमित ब्याकअप राखौ ।

  • कम्प्युटर तथा कम्प्युटर प्रणालीमा Anti-Virus / Anti-Malware Spam Filter को प्रयोग गरी नियमित स्कान (Scan) गरौ ।

  • कम्प्युटर तथा कम्प्युटर प्रणालीको Firewall लाई सधै Active “ON” राखौ ।

  • कम्प्युटर तथा कम्प्युटर प्रणालीमा प्रयोग भएका Software लगायत Operating System, Anti-Virus/Anti-Malware/Spam Filter लाई नियमित अद्यावधिक (Update) गरौ ।

  • सकेसम्म खुल्ला वाई-फाई (असुरक्षित वाई-फाई) को प्रयोग नगरौ ।

  • ईमेल इन्टरनेट मार्फत फैलिने नयाँ Virus/Cyber Attack बारेमा जानकारी राखौ । सो विषयमा अरुलाई समेत जानकारी गराऔं ।

  • कम्प्युटर, कम्प्युटर प्रणाली र डिजिटल खातामा बलियो पासवर्डको प्रयोग गरौं । उक्त पासवर्ड समय समय परिवर्तन अवस्य गरौं ।

  • कम्प्युटर र कम्प्युटर प्रणालीलाई सुरक्षित राख Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP, Fingerprint इत्यादी) को प्रयोग गरौ ।

  • ईमेल/ इन्टरनेट मार्फत पुरस्कार (Prize), उपहार (Gift), चिट्ठा (Lottery), भिषा (VISA) सगायत विभिन्न प्रलोभन देखाएर पठाईएको वा डर धम्की दिई पठाईएको संदेश, फोनकल लगायतलाई Reply/Response नगरौ ।

  • ईमेलबाट आफ्नो Password, OTP, Bank Account Number. PIN code जस्ता विवरणहरू नपठारौं ।

  • कुनै पनि बेबसाइटको राम्रोसँग पहिचान नगरी Login Credentials (User Name and Password), बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका Personally Identifiable Inforrnation (PII) हरू Share नगरौं । आधिकारिक वेबसाइटको राम्रोसंग पहिचान गरेर मात्र आफ्नो विवरण Share गरौ ।

  • प्राप्त हुन आएको कुनै ईमेल वा वेबसाइटको विषयमा शंका लागेमा सम्बन्धित संस्थामा फोन सम्पर्क गरेर, ईमेल पठाउने व्यक्ति वा संस्थाको राम्रोसँग पहिचान गरेर मात्र Reply/Response गरौं ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८१ १६:३८