काठमाडौं । गुगल प्ले स्टोरमा डिजिटल वालेट ‘खल्ती’ ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै खल्तीले एन्ड्रोइडमा यो आँकडा पूरा भएको जानकारी दिएको हो ।
०७३ माघदेखि सञ्चालनमा आएको खल्ती देशकै चर्चित डिजिटल वालेट बनेको छ ।
खल्तीले मोबाइल रिचार्ज, इन्टरनेट, टिभीको बिल भुक्तानी, फ्लाइट तथा फिल्मको टिकट बुकिङ, बिमा प्रिमियर, अनलाइन शपिङ लगायतमा डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।