close

के भविष्यमा स्मार्ट ग्लासले स्मार्टफोनको ठाउँ लिन सक्लान् ?

टेकपाना टेकपाना

माघ २५, २०८१ १९:५१

के भविष्यमा स्मार्ट ग्लासले स्मार्टफोनको ठाउँ लिन सक्लान् ?

काठमाडौं । स्मार्ट ग्लासले भविष्यमा स्मार्ट फोनलाई विस्थापित गर्न सक्छ भनेर कहिलेकाहीँ अडकलबाजी चल्ने गर्छन् । भविष्यमा कल तथा मेसेज गर्न र सबै खालका सूचना प्राप्त गर्न यसलाई प्रयोग गर्न सकिने आँकलन हुने गरेको छ । 

स्मार्टग्लासको प्रयोगले हाम्रो आँखा अगाडि नै सबै सूचनाहरू आउने र आवाजहरू सिधै कानमा गएर सुनिने छन् ।

गत जनवरीमा भएको सीईएस २०२५ इभेन्टमा यस्ता विशेषता भएका स्मार्ट ग्लासहरू टन्नै देखिएका थिए । यो देख्दा स्मार्ट ग्लासको युग सुरुवाति चरणमा रहेको जस्तो देखिन्थ्यो, तर उत्कृष्ट फङ्सनका साथमा । 

यी स्मार्ट ग्लास र तिनको मूल्यमा धेरै प्रविधि कम्पनीले चासो पनि देखाएको जस्तो देखिन्थ्यो । रेबान मेटा ग्लास केही महिना पहिला सार्वजनिक भएको थियो । यसमा स्पष्ट लेन्स राखिएको छ । 

यी चस्माको मुख्य उद्देश्य भनेको कन्टेन्ट बनाउनु हो । कन्टेन्ट बनाउन तस्विर र भिडिओ खिच्नका लागि चस्माको दुबै तर्फ क्यामेरा जडान गरिएका छन् । यसमा माइक्रोफोन पनि जडान गरिएकाले अडियो रेकर्डका लागि पनि प्रयोग गर्न सकिन्छ । 

यसमा गीत सुन्न वा च्याटिङ गर्न पनि सकिन्छ । यो ग्लासमा एआईसँग सम्बन्धित थप फिचरहरू पनि राखिँदैछन् । 

यी ग्लासले कुनै पनि टेक्स्टलाई आफूले चाहेको भाषामा उल्था पनि गर्न सकिन्छ । यसका लागि भ्वाइस कमान्ड दिनुपर्ने हुन्छ । यदि तपाईँ नेपाली भाषाको किताबलाई अङ्ग्रेजीमा पढ्न चाहनुहुन्छ भने यसले उल्था मात्र गर्दैन, अडियोमा पढ्ने काम पनि गरिदिन्छ । 

तस्विर वा कुनै सामग्रीको बारेमा थाहा पाउनुपर्ने छ भने हामी गुगल लेन्सको प्रयोग गर्छौँ । तर यो स्मार्ट ग्लासबाट आफ्नो अगाडि रहेका सामाग्रीको बारेमा पनि पत्ता लगाउन सकिन्छ । यसका लागि ग्लासलाई भ्वाइस कमान्ड दिएर आफ्नो अगाडिको वस्तु पत्ता लगाउन निर्देशन दिनुपर्ने हुन्छ । यसले तपाईँको अगाडि भएका सबै वस्तुहरू के के हुन् भनेर अडियोमार्फत जानकारी गराइ दिन्छ ।

यस ग्लासमा १२ घण्टासम्मको ब्याट्री लाइफ रहन्छन् । तर यसलाई चार्ज पनि गर्न सकिन्छ । तपाईँ कोही व्यक्तिसँग बोली रहनु भएको छ, तर भाषाका कारण समस्या भइरहेको छ भने उनीहरू बोलिरहेको समयमा नै ट्रान्सलेट गरी दिने सुविधा पनि यो ग्लासमा छ । जसलाई चस्माको फ्रेम वा स्मार्ट ग्लासकै लागि बनाइएको विशेष किसिमको औँठीले कन्ट्रोल गर्न सकिन्छ । 

तर ट्रान्सलेट गर्दा इन्टरनेट कनेक्सन र हल्लाका कारण भने केही समस्या उत्पन्न हुन सक्छ । यो दुई आँखाको बीच भागमा प्रोजेक्टर राखिएको जस्तै हुने भएकाले ट्रान्सलेट गरेको टेक्स्ट हेर्नलाई असहजता महसुस हुन सक्छ । यो स्मार्ट ग्लासको अवधारणा निकै नवीनतम देखिए पनि बानी नपरेका कारणले खासै सहज महसुस भने हुँदैन । 

हियरिङ एडको पनि काम गर्ने ग्लास

सामान्यत: चस्मा आँखामा केही समस्या भएमा त्यसको उपचार वा आँखाको सहजताका लागि बनाइएका हुन्छन् । यस्तै सुन्न समस्या हुनेहरूका लागि हियरिङ एड बनेका हुन्छन् । तर, मानिसहरू आफूले हियरिङ एड प्रयोग गरेको अरूलाई देखाउन चाहँदैनन् । 

तर चस्मामा नै हियरिङ समस्या समाधान गर्न सक्ने सुविधा भयो भने ? न्युवन्सका स्मार्ट ग्लास यो समस्याको समाधानका लागि बनेका छन् । यस ग्लासको फ्रेममा स्पिकर राखिएको छ । साथै यसमा वरिपरिका व्यक्तिहरूका आवाज बढाउने र सुन्नलाई सहयोग गर्ने फिचर पनि राखिएको हुन्छ । यसका लागि स्मार्टफोनमा एपको सहायताले तपाईँ रहेको वातावरण अनुसार आवश्यक सेटिङ छनोट गर्न सक्नु हुन्छ । 

यसले तपाईँ जसलाई हेरेर कुराकानी गरी रहनु भएको छ, उक्त व्यक्तिको आवाजलाई ठुलो बनाउँछ । बाँकी  ब्याग्राउन्ड नोइजलाई भने सानो बनाउने वा क्यान्सल गर्ने काम गर्छ । 

स्मार्ट ग्लासले विभिन्न किसिमका फाइदा दिन सक्छन् । जुन तपाईँले अहिलेसम्म सोच्न नसकेका कुरा पनि हुन सक्छन् । यो ग्लास चेन्जेबल कलरमा आउँछन् । जसलाई सामान्य लेन्स भएका चस्मा वा सनग्लासको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । 

यसका लागि चस्माको फ्रेममा दिइएको बटनमा एक पटक थिचिदिए पुग्छ । सादा, पिङ्क, ब्लु, अरेन्ज लगायतका रङको विकल्प दिइएकाले जुनसुकै मौसमका लागि यी ग्लास अनुकूल हुन सक्छन् । 

यस्तै अर्को स्मार्ट ग्लास हो,  अडियो सनग्लास । जस मार्फत् गीत सुन्न र फोन गर्न सकिन्छ । कानभन्दा माथि पर्ने लेन्समा स्पिकर र माइक्रोफोन राखिएको हुन्छ । यसबाट तपाईँको वातावरणअनुसार आँखालाई सहज हुने ब्राइटनेस पनि छनोट गर्न सक्नुहुन्छ । 

बीबीसी न्युजको सहयोगमा 

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ १९:५१