काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदान गर्दै आएको सारथीले कोरोना भाइरसको महामारीको समयमा आपत्कालीन सेवा प्रदान गर्ने भएको छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा यस्तो आपत्कालीन सेवा उपलब्ध गराउने तयारी कम्पनीले थालेको हो । ‘मानिसहरु अति आवश्यक समयमा हामीलाई कल गरिरहेक...
