नेपाल टेलिकमले बुधबारदेखि देशभरका दुई दर्जन बढी सहरबाट एक साथ फोरजी सेवा सुरु गर्दैछ । फोरजी सेवा सुरु गरे लगत्तै कम्पनीले एचडी भ्वाइस कलको समेत सुविधा (भ्वाइस ओभर एलटीई-भीओएलटीई) दिने भएको हो । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार फाेरजी सेवा स...
