काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट विगत तीन दिनदेखि अवरुद्ध भएको छ । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अवरुद्ध भएको वेबसाइट अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन चाहने विद्यार्थी समस्यामा परेका हुन् । ...
