काठमाडौं । कोभिड १९ को महामारी सुरु हुनुअघि धेरैलाई भिडियो कन्फ्रेन्सिङ सेवा जुमबारे थाहै थिएन । तर अहिले जुमको व्यवसायले एकाएक छलाङ मारिरहेको छ । जबजब कोभिडको संक्रमण बढ्छ, विभिन्न देशमा लकडाउन र निषेधाज्ञा जारी हुन्छ । यस्तो बेला विकल्प भनेकै जुमजस्ता भिडिया...
