काठमाडाैं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेकाे छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएकाे हाे । स्थ...
