close

अन्तरिक्षमा यसरी प्रयोग गरिन्छ शौचालय

टेकपाना टेकपाना

पुस १, २०७८ १९:२४

अन्तरिक्षमा यसरी प्रयोग गरिन्छ शौचालय

काठमाडौं । अन्तरिक्षयात्रीले अन्तरिक्षमा कस्तो शौचालय प्रयोग गर्लान् अनि कसरी गर्लान् ? यो हामी सबैको कौतुहलताको विषय हो । यो विषय अन्तरिक्ष यात्रीहरूसँग सबैभन्दा धेरै सोधिने प्रश्नमध्ये एक हो ।

किनभने अन्तरिक्षमा हुने माइक्रोग्र्याभिटीका कारण यात्री यानभित्र उडिरहेका हुन्छन् । यस्तोमा बाथरुम कसरी प्रयोग गर्छन् भन्ने विषय धेरैका लागि चासोको विषय हो ।

यो विषयमा धेरै अन्तरिक्षयात्रीले ट्युटोरियल भिडिओ बनाएर युट्युवमा सार्वजनिक गर्दै आएका थिए । यसैबीच एक अन्तरिक्षयात्री तथा अन्तरिक्ष पर्यटकले भने वास्तविक भिडिओ नै सार्वजनिक गरका छन् ।

जापानका अर्बपति उद्यमी युसाकु मायजावाले अन्तरिक्ष पर्यटकको रुपमा अघिल्लो सातामात्रै ११ दिनका लागि स्पेस स्टेसन पुगेका थिए । उनैले ट्वाइलेट तथा बाथरुमको प्रयोग कसरी हुन्छ भनेर भिडियो सार्वजनिक गरेका हुन् ।

यस्तो छ भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२