काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले हार्मोनी ओएसको स्टेबल भर्सन ३.० आउँदो जुलाईमा सार्वजनिक गर्ने भएको छ । प्रविधिबारे जानकारी दिने ‘विबो’ ले ह्वावेको हार्मोनी ओएसको विषयमा जानकारी सार्वजनिक गरेको हो ।
यसका साथै कम्पनीले आउँदो मार्चमा सानो कन्फ्रेन्स गर्ने तयारी गरेको समेत जनाएको छ । तर, उक्त कार्यक्रममा कम्पनीले कुन प्रडक्ट सार्वजनिक गर्दै छ भन्ने विषयमा भने कुनै जानकारी उल्लेख गरिएको छैन ।
तर, हार्मोनी ओएसको स्टेबल भर्सन ३.० को विषय भने धेरै ह्वावे प्रयोगकर्ताको लागि चासोको विषय हो । किनभने अहिले नै हार्मोनी ओएसमा आधारित डिभाइस प्रयोग गर्नेको संख्या ठूलो रहेको छ ।
यस्तोमा उनीहरूका लागि हार्मोनी ओएस ३.० एउटा चासोको विषय हो । जुन सन् २०२२ को जुलाईमा प्रयोगकर्ताले अनुभव गर्न पाउने देखिएको छ । यो हुँदा कम्पनीले हार्मोनी ओएसको पहिलो ‘डेभलपर प्रिभ्यु’ भने चाँडै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।