close

बजेटः आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:२

बजेटः आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिने

काठमाडौं । सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रलाई बढावा दिने नीति ल्याएका हुन् ।

डिजिटल अर्थतन्त्रलाई बढावा दिनका लागि आगामी आर्थिक वर्षमा सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रवधि उद्योगको प्रवर्द्धन गर्ने उनले बताए ।

साथै आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिने पनि उनले बताए ।

“यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने तथा पारदर्शी र सुशासन प्रवर्द्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा गरेको छु,” उनले भने ।    

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:२