close

ह्वाट्सएपमा ठगिनबाट बच्न अपनाउनुहोस् यी महत्त्वपूर्ण सुरक्षा टिप्स

टेकपाना टेकपाना

भदौ ६, २०८१ ११:१

ह्वाट्सएपमा ठगिनबाट बच्न अपनाउनुहोस् यी महत्त्वपूर्ण सुरक्षा टिप्स

काठमाडौं । स्क्यामरहरूले प्रयोगकर्तालाई लुट्न विभिन्न तरिकाहरू अपनाइरहेका छन्, जसमा सामाजिक सञ्जालको दुरुपयोग पनि पर्छ । विभिन्न अफर, लोभ देखाएर ह्वाट्सएप प्रयोगकर्ताहरूलाई स्क्यामरले आफ्नो पासोमा पारिरहेका हुन्छन् । तर केही सतर्कता अपनाउन सकियो भने बेलैमा ठगिनबाट बच्न सकिन्छ ।

टूएफए 

ह्वाट्सएपमा टू फ्याक्टर अथेन्टिकेसन (टूएफए) को विकल्प उपलब्ध छ, जसलाई टू स्टेप भेरिफिकेसन पनि भनिन्छ । यो प्रणालीले तपाईंको ह्वाट्सएप अकाउन्टलाई अतिरिक्त सुरक्षा प्रदान गर्छ ।

यसलाई इनेबल गरेपछि अर्को पटक लगइन गर्दा ह्वाट्सएपले पिन अथवा बायोमेट्रिक प्रमाणीकरण माग गर्छ, जसले गर्दा जोसुकैले सजिलैसँग तपाईंको अकाउन्टमा पहुँच पाउन सक्दैनन् ।

टूएफए इनेबल गर्न निम्न प्रक्रिया अनुसरण गर्नुहोस्:

  • ह्वाट्सएपको सेटिङमा जानुहोस् ।
  • 'अकाउन्ट'मा ट्याप गरेर 'टू स्टेप भेरिफिकेसन' विकल्प चयन गर्नुहोस् ।
  • ६ अङ्कको पिन नम्बर हाल्नुहोस् ।
  • पिन नम्बर बिर्सिएमा रिसेट गर्न ईमेल मागिन्छ, आफ्नो आधिकारिक ईमेल ठेगाना दिनुहोस् र भेरिफाई गर्नुहोस् ।

यसरी तपाईंले आफ्नो अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुन्छ ।

शंकास्पद नम्बरहरूलाई ब्लक र रिपोर्ट गर्नुहोस्

यदि नचिनेका नम्बरहरूबाट बारम्बार कल वा सन्देशहरू आइरहेका छन् र उनीहरूले आर्थिक कुराकानी गरिरहेका छन् भने सतर्क रहनुपर्छ ।

स्क्यामरहरूले सस्तो मूल्यमा धेरै फाइदा दिने प्रस्तावहरू गरेर तपाईंलाई फसाउने प्रयास गर्छन् । यस्तो अवस्थामा त्यस्ता नम्बरहरूलाई ब्लक गर्नुहोस् र ह्वाट्सएपलाई रिपोर्ट गर्नुहोस् ।

मेटा भेरिफाइड बिजनेस अकाउन्टहरूमा मात्र विश्वास गर्नुहोस्

ह्वाट्सएपले व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि फरक अकाउन्टहरू उपलब्ध गराउँछ । कुनै पनि कम्पनीको वस्तु वा सेवा खरिद गर्दा मेटाद्वारा भेरिफाइड अकाउन्ट भएको खण्डमा मात्र विश्वास गर्नुहोस् ।

भेरिफाइड अकाउन्टहरूमा नीलो रङको ब्लुटिक देखिन्छ । यदि अकाउन्ट भेरिफाइड छैन भने आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोस् ।

नचिनेका नम्बरहरूको कलबाट जोगिनुहोस्

स्क्यामरहरूले निरन्तर कल वा सन्देश गरेर तपाईंको विश्वास जित्ने प्रयास गर्छन् । उनीहरूले फरक नम्बरबाट कल वा सन्देश पठाउँछन् ।

यसबाट बच्न ह्वाट्सएपमा 'साइलेन्स अननोन् कलर्स' फिचर उपलब्ध छ , जसले तपाईंको सम्पर्क सूचीमा नभएका नम्बरहरूबाट आएका कलहरूलाई स्वतः म्युट गर्छ ।

यो फिचर अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् :

  • ह्वाट्सएपको सेटिङमा जानुहोस् ।
  • 'प्राइभेसी'मा क्लिक गरेर 'कल्स'मा ट्याप गर्नुहोस् ।
  • 'साइलेन्स अननोन् कलर्स' विकल्पमा क्लिक गरेर टुगल अन गर्नुहोस् ।

यसरी तपाईंले अनावश्यक कलहरूबाट बच्न सक्नुहुन्छ । पछिल्लो समयमा ह्वाट्सएपमा स्पाम कलहरू बढ्दै गएकाले मेटाले अननोन् नम्बरहरूलाई स्वतः ब्लक गर्ने नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । यस फिचरको आगमनपछि ह्वाट्सएपमा हुने स्पाम केही हदसम्म कम हुने विश्वास गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १२:४८