सामाजिक सञ्जालमा देखा नपर्ने व्यक्तिहरू करिब-करिब अनजान जस्तो हुन थालिसकेका छन् । मैले त्यसै भनिरहेको छैन । तपाईंलाई नै सोधौं, आफ्नो फेसबुक/इन्स्टाग्राम अकाउन्टमा फोटो आइरहने व्यक्तिहरू तपाईंलाई चिने जस्तो लाग्दैन ? छैन भनेर जवाफ दिनुअघि एकैक्षण गम्नुस् । ती व्यक्तिहर...
