काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै सरकारी निकायलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिएको छ । कार्यालयले बुधबार सबै संवैधानिक आयोग, सङ्घीय आयोग, सङ्घीय मन्त्रालय, कार्यालय, निकाय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूल...
