काठमाडौं । सरकारले फेसबुक, गुगल, टिकटक जस्ता विदेशी आईटी कम्पनीले नेपाली उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा लाग्ने कर दाखिला गर्न छुट्टै खाता सञ्चालनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले नेपाल राष्ट्र बैंकमा सोझै अमेरिकी डलरमा कर दाखिला गर्न मिल्नेगर...
