काठमाडौं । युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर थप गर्ने भएको छ । कम्पनीले प्रयोगकर्ताको आकर्षणको लागि शर्ट्स कमेन्ट फिचर थप गर्न लागेकाे हाे ।
यो फिचरबाट प्रयोगकर्ताले अन्य प्रयोगकर्ताको कमेन्टमा शर्ट्स भिडिओ मार्फत नै रिप्लाई दिन सक्नेछन् ।
प्राप्त कमेन्टमा क्लिक गरेर 'क्लिक अ शर्ट' भन्ने अप्सनमा गएपछि सो कमेन्टलाई पुल गरेर भिडिओमा देख्न सकिने गरी रिप्लाई भिडिओ बनाउन सकिन्छ ।
प्रयोगकर्ताको मागलाई सम्बोधन गर्दै युट्युबले शर्ट्समा यो फिचर थप गरेको हो । यो फिचर पहिले टिकटकमा पनि उपलब्ध भइसकेको छ ।