काठमाडौं । एक जना अमेरिकी नागरिक जेनेटिक-मोडिफाइड (आनुवंशिक रूपमा तथा जिनमा परिवर्तन गरिएको) सुँगुरको मुटु प्रत्यारोपण गरिने विश्वकै पहिलो व्यक्ति बनेका छन् । बाल्टिमोरमा गरिएको सात घण्टा लामो परीक्षणमूलक सर्जरीको तीन दिनसम्म ५७ वर्षीय डेभिड बेनेट नाम गरेका ती व्यक्...
