काठमाडाैं । युवा पुस्तामाझ अहिले अनलाइन गेमको क्रेज बढ्दो छ । यहाँ खाली समयमा गेम खेल्ने जमातमात्रै छैन, पेशेवर रूपमै गेम खेलेर पैसा कमाउनेहरू पनि प्रशस्त छन् । साथै अनलाइन तथा साेसल मिडिया प्लेटफर्ममा लाइभ स्ट्रिम (प्रत्यक्ष प्रसारण) गरी आम्दानी गर्ने युवा पनि छन् । ...
