काठमाडौं । किशोरकिशोरीलाई हानिकारक सामग्री नदेखाउन र आफ्नो प्लेटफर्मबाट केही समय टाढा रहन सघाउने उद्देश्यका साथ इन्स्टाग्रामले नयाँ टुल प्रयोगमा ल्याउने भएको छ । फेसबुकका विश्वव्यापी मामिलाका उपाध्यक्ष निक क्लेजले आइतबार इन्स्टाग्राममा नयाँ टुल थप्ने घोषणा गरेका हुन् । ...