काठमाडौं । सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा मूल्य कम त हुने नै भयो । तर, त्यसमा अरू केही कुरा कमी भएको हुनसक्छ । यसकारण फोन खरिद गर्दा यसको अवस्थाबारे जान्न निकै आवश्यक हुन्छ ।
हामीले खरिद गरेको सेकेन्ड ह्यान्ड स्मार्टफोनलाई आफूले चाहेजसरी प्रयोग गर्न सकिएन भने फोन खरिद गर्नु बेर्थ हुन्छ । त्यसैले फोन कस्तो अवस्थामा छ भन्ने कुराको जानकारी लिएरमात्रै निर्णय लिनु उत्तम हुन्छ ।
एन्ड्राेइड फाेन किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले यहाँ क्लिक गरेर ‘फोन इन्फो’ एप डाउनलोड गर्नुहाेस् ।
याे एपबाट फोनसम्बन्धी विभिन्न कुराको जानकारी लिन सकिन्छ ।
एपमा रहेको ओभरभ्यू सेक्सनमा फोनको नाम, निर्माता, फोनको मोडेल, त्यसमा प्रयोग भएको जीपीयूको, डिस्प्ले, ब्याट्री, र्याम, इन्टर्नल स्टोरेज, क्यामेरा लगायतकाे जानकारी पाउन सकिन्छ ।
त्यसैगरी डिस्प्ले र र्याम सेक्सनमा रियल टाइममा कति र्याम र इन्टर्नल स्टोरेज खपत भइरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।
ब्याट्री सेक्सनमा ब्याट्रीको अवस्था, ब्याट्रीको प्रविधि, त्यसको भोल्टेज, त्यसको क्षमता, त्यसको हेल्थ स्टाटस आदि थाहा पाउन सकिन्छ ।
यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सेन्सरको विवरण हाे । फोनमा कति पावरको कुन सेन्सर समावेश छ भन्ने कुराको जानकारी याे एपबाट लिन सकिन्छ ।
त्यसैले कुनै पनि फोन परीक्षण गर्दा वा खरिद गर्दा यो एप प्रयोग गरेर हेर्न सक्नुहुन्छ ।