काठमाडौं । हामी आफ्नो गुगल अकाउन्टलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिरहेका हुन्छौँ । गुगलका सेवाहरू त छँदै छन् त्यसबाहेक पनि इन्टरनेटका अन्य विविध सेवामा साइनअप गर्दा हामीले गुगल अकाउन्ट नै प्रयोग गरिरहेका हुन्छौँ । कतिपय त्यस्तो अवस्था आइदिन्छ, जहाँ हामीले सार्वजनिक क...
