काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ डिजिटल सर्भे तथा नगरको वस्तुगत स्थिति सहितको डिजिटल प्रणाली सुरु गरेको हो । ...