काठमाडौं । भनिन्छ, अहिलेको समयमा प्रविधिबाट कोही पनि टाढा रहन सक्दैन । विश्वव्यापी रुपमै प्रविधिले ल्याएको आमूल परिवर्तनले सबैलाई आकर्षित गरिरहेको छ । त्यसैले त पछिल्लो समय प्रविधि हाम्रो अपरिहार्य आवश्यकता बन्दै गएको छ । हरेक कुरा प्रविधिसँग जोडिँदै जाँदा प्रयोगकर्...
