काठमाडौं । सरकारले नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली प्रयोगकर्ता झन् धेरै साइबर सुरक्षाको जोखिममा परेका छन् । टिकटक प्रतिबन्धमा परे पनि त्यसलाई प्रयोग गर्ने वैकल्पिक उपायको खोजीमा जथाभाबी भीपीएन, प्रोक्सी तथा डीएनएस एप डाउनलोड ग...
