काठमाडौँ । तपाईँसँग एन्ड्रोइड फोन छ भने अवश्य पनि गुगल अर्थात् जीमेल अकाउन्ट प्रयोग गर्नुहुन्छ । गुगल अकाउन्ट प्ले स्टोरका एपहरूका साथै ड्राइभ, म्याप र फोटो जस्ता गुगलका अन्य सेवाहरूमा पहुँच पाउने प्रवेशद्वार नै हो । यी सेवाहरूमा संवेदनशील डेटा रहने भएकाले आफ्नो अकाउन्...
