काठमाडौं । सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रणका लागि प्रत्येक जिल्लामा डेस्क सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले बिहीवार ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको २१ बुँदे निर्देशनमा यस्तो डेस्क सञ्चालन गर्ने विषय पनि समावेश छ । शान्ति सुरक्...
