काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले एरोस्पेस क्षेत्रका लागि आवश्यक मानव संसाधन विकास गर्ने उद्देश्यसहित विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबससँग साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्यले शैक्षिक विकास, अनुसन्धान, तालिम, उद्योग अनुभव तथा एरोस्पेस प्रविधिसम्ब...
