काठमाडौं । अब नागरिक एपबाट लोक सेवाको फाराम भर्न सकिने भएको छ । नागरिक एपले आफ्नो आगामी अपडेटबाट यो सुविधा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा गरेको हो । यसका लागि नागरिक एपको सिस्टम तयार भइसकेको छ । उता लोक सेवाको कोर सिस्टम अपडेटको क्रममा रहेकाले उक्...
