Think, Build and Scale with Manus
- Organizer: Manus AI
एआईको प्रयोगमा चासो राख्ने विद्यार्थीहरूका लागि नेपालगञ्जमा ‘थिङ्क, बिल्ड एन्ड स्केल विथ मानुस’ कार्यक्रम सञ्चालन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आगामी १६ र १७ साउन (१ र २ अगस्ट) मा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । दुई दिने उक्त कार्यक्रममा एआईनोभेटर्स र मानुस एआई सिंगापुरको समेत सहकार्य रहेको छ ।
कार्यक्रममा सहभागीहरूले च्याटजीपीटी, जेमिनाई लगायतका एपको प्रयोग गरेर आइडिया लिन, आफ्ना आइडियालाई एआईको प्रयोग गरेर एप बनाउन पाउनेछन् । वास्तविक संसारका समस्या समाधानका लागि इनोभेटिभ समाधान खोज्नुका साथै आफ्ना कामहरू प्रदर्शनको अवसर पनि विद्यार्थीहरूले पाउनेछन् । सहभागीले व्यक्तिगत रूपमा वा समूहमा मिलेर प्रोजेक्ट बनाउने, ह्याकाथनमा भाग लिन सक्नेछन् ।
कार्यक्रममा सहभागीहरूलाई मानुस एआईको प्रो फिचरहरू र क्रेडिट सीमित अवधिका लागि प्रदान गरिनेछ । कार्यक्रममा उत्कृष्ट उत्कृष्ट समाधान प्रस्तुत गर्नेलाई पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा ५०० रुपैयाँ तिरेर स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । ५० जना विद्यार्थीलाई मात्र कार्यक्रममा सहभागी गराउने आयोजकले जनाएको छ । विद्यार्थीहरूले यहाँ क्लिक गरेर कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
