close
SANKALPA 2026
  • Organizer: Whitehouse Innovators IT club

हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजमा ‘सङ्कल्प २०२६’ को आयोजना हुने भएको छ । ह्वाइटहाउस इनोभेटर आईटी क्लबको आयोजनामा आगामी ११ देखि १३ फेब्रुअरीसम्म तीन दिन लामो कार्यक्रमको आयोजना हुन लागेको हो । 

कार्यक्रममा ३२ घण्टा लामो ह्याकाथन प्रतिस्पर्धाका साथै सांस्कृतिक र लाइभ ब्यान्डको प्रस्तुति समेत रहने बताइएको छ ।  ह्वाइटहाउस इनोभेटर आईटी क्लबका उप-सभापति भुवन पाण्डेका अनुसार ११ र १२ फेब्रुअरीमा ह्याकाथन हुनेछ । त्यसपछि १३ फेब्रुअरीमा ह्याकाथनबाट तयार भएका प्रोजेक्टहरूको प्रस्तुति रहने छ । 

ह्याकाथनका लागि दुईदेखि चार सदस्यको टिम दर्ता गर्न सकिने उनले जानकारी दिए । टिम दर्ताको शुल्क ३,५०० रुपैयाँ तोकिएको छ । 

प्रतियोगितामा कम्तीमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले सहभागीता जनाउन सक्नेछन् । ह्याकाथनको थिम भने कार्यक्रम सञ्चालन हुनु भन्दा एक हप्ताअघि निर्णय गरेर नाम दर्ता गरेका प्रतिस्पर्धीहरूलाई पठाइने उप-सभापति पाण्डेले जानकारी दिए । प्रतिस्पर्धामा बिजेता टोलीहरूका लागि ५५ हजार रुपैयाँको प्राइज पुल उनले जानकारी दिए । 

यस्तै ‘सङ्कल्प २०२६’ मा फ्रि फायर टुर्नामेन्टको समेत आयोजना हुने उनले जानकारी दिए । फ्रि फायर टुर्नामेन्टका लागि चार जनाको टिम दर्ता गर्नु पर्नेछ । टिमको दर्ता शुल्क पाँच सय रुपैयाँ तोकिएको छ भने १० हजार रुपैयाँको प्राइज पुल राखिएको छ । 

यस्तै, ‘सङ्कल्प २०२६’ मा आइडिया पिचिङ, ट्यालेन्ट हन्ट मुख्य आकर्षणका रूपमा रहने छन् । यस बाहेक लाइभ म्युजिक र साँस्कृतिक प्रदर्शनीसमेत रहने उनले बताए । 

‘सङ्कल्प २०२६’ को ह्याकाथन, फ्रि फायर लगायतका प्रतियोगीतामा यहाँ क्लिक गरेर सहभागीता जनाउन सकिने छ ।