close
भर्चुअल युवा संवाद
  • Organizer: टेकपाना मिडिया प्राली

टेकपाना मिडियाको आयोजनामा देशका सातै प्रदेशमा भर्चुअल संवाद आयोजना हुने भएको छ । माघको तेस्रो वा चौथो सातादेखि आयोजना हुने कार्यक्रमका लागि रजिस्ट्रेसन खुला गरिएको हो ।

यदि तपाईँ ३० वर्ष वा सोभन्दा कम उमेरको हुनुहुन्छ र देशको सामाजिक, आर्थिक र राजनीतिक विषयमा रुची छ भने यो संवाद कार्यक्रममा जोडिन सक्नु हुनेछ । यो संवादमा हामी तपाईंहरू जस्तै उमेर समूहका विभिन्न क्षेत्रका युवाहरूलाई समेट्ने छौँ ।

संवाद हरेक प्रदेशमा स्थानीय युवाहरूलाई समेटेर आयोजना गरिनेछ र आवेदन फाराम भर्नेहरू मध्येबाट सहभागीहरूको चयन गरिनेछ । करिब १.५ घण्टा लामो हुने यो संवादको मिति र समय छनौटमा पर्ने सहभागीहरूलाई पछि जानकारी गराइनेछ ।

कार्यक्रम हरेक प्रदेशमा छुट्टाछुट्टै रूपमा दुई चरणमा आयोजना हुनेछ । यदि तपाईं यो कार्यक्रममा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नु हुनेछ ।