Pentester Nepal's 12th Anniversary
- Organizer: Pentester Nepal
नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । साइबर सुरक्षा समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने, सिक्ने-सिकाउने र सहकार्यका अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यो कार्यक्रम आगामी १६ अगस्ट २०२५ का दिन ललितपुरको खुमलटारस्थित युलेन्स कलेजमा आयोजना हुनेछ । बिहान साढे १० बजेदेखि सुरु हुने यस वार्षिकोत्सव कार्यक्रममा साइबर सुरक्षा क्षेत्रका विज्ञबाट विज्ञ प्रस्तुति, रोमाञ्चक ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता, पुरस्कार वितरण, विभिन्न उपहार तथा एक-आपसमा चिनजान र सहकार्यका लागि नेटवर्किङको अवसर रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकका लागि अनलाइन दर्ता अनिवार्य गरिएको छ । आयोजकका अनुसार कार्यक्रम स्थलको नियम अनुसार दर्ता बिना प्रवेश सम्भव नहुने भएकाले तोकिएको अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यसै अवसरमा पेनटेस्टर नेपालले आफ्नो ज्ञान र अनुसन्धान प्रस्तुत गर्न चाहने विज्ञका लागि ‘कल फर प्रिजेन्टेसन’ पनि खुला गरेको छ । साइबर सुरक्षा, ह्याकिङ, डिजिटल फरेन्सिक, अफेन्सिभ तथा डिफेन्सिभ सेक्युरिटी, बग बाउन्टी, एआई सेक्युरिटी जस्ता विषयमा आफ्नो विशेषज्ञता समुदायसँग बाँड्न चाहनेले आफ्नो प्रस्तुतिको प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्तुतिको प्रस्ताव पेस गर्न यहाँ क्लिक गर्नुहोस् ।
