close
Digital Rights Conference
  • Organizer: Digital Freedom Coalition

मंगलबार ‘डिजिटल राइट्स कन्फेरेन्स २०२५’ को आयोजना हुने 

काठमाडौँ । काठमाडौँमा डिजिटल राइट्स सम्बन्धी कन्फेरेन्स आयोजना हुने भएको छ ।  मंगलबार (१६ डिसेम्बर) मा काठमाडौँको ठमेलस्थित मल्ल प्लाजामा ‘बिल्डिङ ट्रस्ट इन डिजिटल एज’ शीर्षकमा कन्फेरेन्स आयोजना हुन लागेको हो । 

उक्त कन्फेरेन्स डिजिटल फ्रिडम कोलिसनले आयोजनामा सञ्चालन हुन लागेको हो । कन्फेरेन्समा डिजिटल परिधिमा मानव अधिकारको संरक्षण, एल्गोरिदमिक ट्रान्सपरेसी, डिजिटल बायस र प्लेटफर्मका नियमनका विषयमा छलफल हुनेछन् । यस्तै, नेपालको एआई नीतिको विश्लेषण, नेपालमा सूचनाको विश्वसनीयता र डिजिटल साक्षरताका बारेमा सम्बन्धित क्षेत्रहरूका विज्ञहरूले प्यानल डिस्कसन गर्नेछन् । 

बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्म उक्त कन्फेरेन्स आयोजना हुने डिजिटल फ्रिडम कोलिसनका संस्थापक तथा अधिवक्ता बाबु राम अर्यालले जानकारी दिए । समारोहमा एक सयदेखि ११० जनासम्म सहभागी हुने अनुमान गरिएको छ ।

समारोहमा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्ने छन् । नि:शुल्क रूपमा नाम दर्ता गर्न सकिने र अनुमानित सङ्ख्यामा सहभागीहरूले नाम दर्ता गरेपछि नाम दर्ता फारम बन्द गरिने उनले बताए ।