काठमाडौँ । सामसङ नेपालले दशैँलाई लक्षित गर्दै आफ्ना प्रिमियम फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्यमा भारी कटौतीको घोषणा गरेको छ । कम्पनीले ग्राहकहरूलाई यी डिभाइसमा ५० हजार रुपैयाँसम्मको क्यासब्याक सुविधा दिएको छ । ग्यालेक्सी जेड फ...
