कुनै समय हातमा घडी बाँधेर हिँड्नु प्रतिष्ठाको विषय थियो । जोकोहीले लगाउने अवस्था थिएन । इतिहासमा पुरुषहरूको गहनाको रूपमा घडीलाई लिने गरेको पाइन्छ । महिलाहरूले अन्य गरगहना लगाउँदा पुरुष भने घडीमा ठाँटिन खोज्थे । उमेर खाएका व्यक्तिहरूलाई हेर्दा यो कुरा महस...
