काठमाडौँ । पोखरामा एनपीनोग-१० (npNOG-10) सम्पन्न गरेपछि नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीनोग) ले इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) सँग सहकार्य गर्दै आगामी १५ देखि २० जुनसम्म (१-६ असार) काठमाडौँमा एनपीनोग-११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ । हायात सेन्...
